ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षीलाई थप नचिढ्याउन देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश


एबीसी न्यूज
५ कार्तिक २०८१, सोमबार   ४ : २१   बजे

काठमाडौं ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गर्न खोजेको दल विभाजन सम्बन्धी अध्यादेशको भविष्य फेरि अन्योलमा परेको छ।

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्ण सहमति प्राप्त हुन नसकेपछि सो अध्यादेश अन्योलमा परेको हो।

स्रोतका अनुसार, सभापति देउवाले दुई कारण देखाएर अध्यादेश जारी गर्न तत्कालका लागि रुचि नदेखाएका हुन्।

 

त्यसमध्ये पहिलो कारण एकपछि अर्को गरी प्रतिपक्षी दलहरूलाई चिढ्याउनु हुँदैन भन्ने हो।

रास्वपा सभापति रवी लामिछानेको गिरफ्तारीका कारण प्रतिपक्षी दलहरू चिढिएका बेला अध्यादेशले थप चिढिने विश्लेषण देउवाले गरेका छन्।

‘प्रतिपक्षीहरूलाई चिढ्याउँदै जाँदा राजनीतिक स्थिति जटिल हुने सभापति देउवाको विश्लेषण छ’ स्रोतले भन्यो, ‘त्यसैले अध्यादेश जारी गर्न उहाँले प्रधानमन्त्री ओलीलाई सहमति दिइसक्नु भएको छैन।’

कांग्रेस नेता डा। शेखर कोइरालालाई समेत चिढ्याएर जान नहुने कारण पनि उनले दिएको स्रोतको भनाई छ।

राजनीतिक दलहरू विभाजन गर्नैका लागि अध्यादेश ल्याउन नहुने धारणा डा। कोइरालाले सार्वजनिक गरिसकेका छन्।

राजनीतिक दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउने सम्बन्धमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच आइतबार साँझ लामो कुराकानी भएको थियो।

अध्यादेश जारी गर्ने सम्बन्धमा देउवाले सहमति दिए आज मन्त्रिपरिषद् बैठक राखेरत्यसलाई अघि बढाउने प्रधानमन्त्री ओलीको तयारी थियो।

तर, उपरोक्त दुई कारण देखाएर सभापति देउवाले पूर्ण सहमति नदिएपछि नियमित रुपमा सोमबार बस्ने क्याबिनेट बैठक समेत आयोजना गरिएन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu