काठमाडौं ६ कात्तिक । भक्तपुरमा लागूऔषधसहित औषधि पसल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका मध्यपुर थिमि नगरपालिका–२ घर भई भक्तपुरको लोकन्थली बस्ने ३० वर्षीय रोहित सिंह रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
लोकन्थलीमा सिंहले सञ्चालन गरेको औषधि पसलमा लागूऔषध बिक्री भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थिमिबाट टोली खटिएको थियो ।
यस्तै प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१५ घर भई ललितपुरको बालकुमारी बस्ने २२ वर्षीय बलिराम खड्कालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्