ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा छविलाल जोशीको बयान सुरु, बाहिर सहकारी पीडितको प्रदर्शन


एबीसी न्यूज
६ कार्तिक २०८१, मंगलबार   २ : ३९   बजे

काठमाडौं ६ कात्तिक । सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान सुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइरहेका छन् ।

६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।

वचतकर्ताको निक्षेप फिर्ता र दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरिएको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बताए ।

वचत रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाही आफूहरूको प्रमुख माग रहेको उनले बताए ।

सहकारी रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया मार्फत भएको सहकारीको रकम अपचलनमा जीबी राई, रवि लामिछाने, कुमार रम्तेलसँगै जोशीलाई पनि कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।

उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन् ।

सुप्रिम सहकारी अपचलनको मुद्दा यसअघि नै अदालत पुगिसकेको छ । जोशी लगायतका व्यक्तिको संलग्नता खुलेको बखत पूरक अभियोजन बनाएर पुनः मुद्दा लग्ने बाटो भने खुल्ला रहेको छ ।

सोही प्रयोजनका लागि सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि जोशीलाई रुपन्देही लगिएको हो । सुप्रिमका १ हजार ८३१ बचतकर्ताले सहकारीका पूर्वअध्यक्ष राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । ती उजुरीहरूको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार सर्वसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको छ ।

जीबी राईका विभिन्न पाँच वटा कम्पनीलाई मात्रै यो सहकारीले ऐन नियम विपरीत ७८ करोड ५० लाख ७६ हजार रुपैयाँ ऋण दिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कको नाममा मात्रै सुप्रिमबाट १४ करोड ६ लाख रुपैयाँ सारिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सुप्रिमको ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले प्रतिवादी बनाएको छैन ।

प्रहरी अनुसन्धान प्रतिवेदन अनुरूप सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय मार्फत २८ जना विरुद्ध मुद्दा दायर भएको छ । जसमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ थुनामा छन् ।

सचिव पुन सहितका ६ जना धरौटीमा छुटेका छन् । अन्य १९ जना अहिले पनि फरार छन् । अदालतले सहकारीका पूर्व अध्यक्ष तथा हालका संरक्षक गितेन्द्रबाबु राई ९जीबी० सहितका अन्य १९ जनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group