ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले आज जापानसँग खेल्ने


मनिषा लामिछाने
७ कार्तिक २०८१, बुधबार   ८ : १४   बजे

काठमाडौं ।  एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ।

नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ।  साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ।

नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ। जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली छन्।

जापान, जसले यस प्रतियोगितामा चार पटक उपाधि जितिसकेको छ, समूहको सर्वाधिक बलियो टोली हो। यस्तै, कतारले पनि एक पटक प्रतियोगितामा विजयी भएको टोली हो। मंगोलियालाई कमजोर टोली मानिए पनि उसले यसपटक कडा चुनौती दिने अनुमान गरिएको छ।

नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग हुनेछ। दुबै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ।

समूह चरणका यी तीन खेलहरू नेपाली टोलीको एएफसी अण्डर सेभेन्टिन एसिया कपमा छनोट हुने सपना पूरा गर्न निर्णायक सावित हुनेछन्।

यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन्।

आयोजकका रूपमा साउदी अरेबिया भने पहिल्यै छनोट भइसकेको छ। अब बाँकी १५ टोली यस छनोट चरणबाट चयन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खस्यो, एकतर्फी मात्रै यातायात सञ्चालन

बजारमा पुनः एलपी ग्यास अभाव, उपभोक्ता मारमा

सम्बन्धित

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu