ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीको बयान रुपन्देहीमा


एबीसी न्यूज
७ कार्तिक २०८१, बुधबार   २ : ३३   बजे

काठमाडौं ७ कात्तिक । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी एवं गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीलाई रुपन्देहीको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार साढे ७ घण्टा बयान लिइएको छ।

सोमबार एक बजे पोखराबाट भैरहवा ल्याइएका जोशीलाई सोमबार प्रारम्भिक सोधपुछ गरिएको थियो। मंगलबार दिनभर बयान गरिएको हो। जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत यमलाल बन्जाडेलगायतले बयान लिएका हुन्।

जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलले पीडितको जाहेरी र संसदीय छानबिन समितिले दिएको निर्देशन अनुसार बयान लिने काम भएको बताउनुभयो।

उहाँका अनुसार जोशीमाथि लागेका आरोपबारे ५७ वटा प्रश्न सोधिएको थियो। तत्कालका लागि जोशीजीको बयान सकिएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीमा जोशी पक्राउ परेका थिए।

सुप्रिम सहकारी ठगीमा पनि जोडिएका उनलाई बयानका लागि यहाँ ल्याइएको हो। जोशीको दुई दिन लगाएर बयान गरिएको हो। रुपन्देहीमा सुप्रिम सहकारीमा ठगी आरोपमा अहिलेसम्म अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

जोशीको सरकारी वकिल कार्यालयमा बयान चलिरहँदा सहकारी पीडितहरूले रुपन्देही जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका थिए। सुप्रिम पीडित सङ्घर्ष समितिमार्फत विरोध प्रदर्शन गरिएको हो। सहकारी पीडित बुटवल–१३ निवासी जमुना सुवेदीले दुःख गरेर जम्मा गरेको पैसा शक्तिशालीले खाएर आफूहरूलाई सडकमा पुर्‍याएको बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

रौतहटको घटनापछि फेरि बहस : आत्मदाहका घटनाले दिएको चेतावनी : सुन्ने र साथ दिने समाजको खाँचो

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu