ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई बलियो बनाउन वैचारिक बहस


एबीसी न्यूज
७ कार्तिक २०८१, बुधबार   २ : ४५   बजे

काठमाडौं ७ कात्तिक ।   नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन वैचारिक बहसको आवश्यकता परेको बताइएको छ नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवन तम्घासमा आयोजित बैठकमा बोल्ने वक्ताहरूले कांग्रेस पार्टीको हरेक सङ्गठनलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई वैचारिक रूपमा बलियो बनाउन जरुरी रहेको बताएका छन् ।

बैठकमा सहभागी कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले सबै तहका कांग्रेसका नेता कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट सैद्धान्तिक रूपमा स्पष्ट बनाउन जरुरी रहेको बताउनुभयो । नेता कार्यकर्तासँगै सम्पूर्ण नागरिकलाई पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी रहेको भन्दै पार्टी सङ्गठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माणसँगै पार्टी सङ्गठनको कार्यलाई विशेष प्राथमिकताका साथ लैजानुपर्ने बताउनुभयो । देशमा कांग्रेसको विकल्प अरू कोही नभएको भन्दै बलियो सङ्गठन निर्माणका लागि सबै तहबाट नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । कांग्रेसमा अहिले वैचारिक धार कमजोर बनेको भन्दै नेता श्रेष्ठले कांग्रेसको मुख्य हतियार भनेकै विचार रहेको उल्लेख गर्नुभयो ।

कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले कांग्रेस पार्टीलाई बलियो बनाउन सबै तहका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । पार्टीलाई बलियो बनाउन सैद्धान्तिक रूपमा नेता कार्यकर्ता पनि बलियो हुन जरुरी रहेको भन्दै उहाँले सबै तहका नेता कार्यकर्ताहरू पार्टीमा सदस्यता थप गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका सबै तहका नेता कार्यकर्ताहरू सङ्गठन निर्माणमा एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

बैठकमा कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा र महासमिति सदस्य एवम् लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीलाई सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्नुहुँदै उहाँहरूले पार्टीको विचारलाई हित हुने काम गर्दै आएको भन्दै नागरिकमा ऊर्जा प्रदान हुने गरी सबै जनप्रतिनिधिहरूले काम गर्न जरुरी रहेको बताउनुभयो । पार्टी सङ्गठनलाई बलियो बनाउन कुराभन्दा पनि सबैले कामलाई विशेष प्राथमिकता दिनुपर्ने उहाँहरूको भनाइ छ ।

जिल्लाको पार्टी सङ्गठनको अवस्थाको बारेमा जानकारी गराउनुहुँदै सचिव भगत सिंह खड्काले पार्टीको हरेक सङ्गठनलाई बलियो बनाउन नेता कार्यकर्ता सैद्धान्तिक रूपमा बलियो हुन आवश्यक रहेको बताउनुभयो । प्रशिक्षणका माध्यमबाट सैद्धान्तिक र वैचारिक रूपमा पार्टी सङ्गठन बलियो हुने उहाँको भनाइ छ । कांग्रेस प्रशिक्षण शाखा गुल्मीले १२ वटै पालिकामा प्रशिक्षणको आयोजना गर्न लागेको सचिव जगदीश भट्टराईले बताउनुभयो । कांग्रेस पार्टीलाई बलियो र सशक्त बनाउनका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

त्यस्तै, बैठकमा पूर्व सभापति त्रैलोक्य प्रताप सेनलाई क्रियाशील सदस्यताको परिचयपत्र प्रदान गर्दै कांग्रेस गुल्मीले जिल्लामा क्रियाशील सदस्यता परिचयपत्र वितरणको शुभारम्भ समेत गरेको छ । जिल्लाबाट पालिका कार्यसमिति हुँदै वडा कार्यसमितिले क्रियाशील सदस्यता परिचयपत्र वितरण गर्ने सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group