काठमाडौं, २३ फागुन । सरकारले बनाएको ऐन र नियमहरु जव सरकारी निकायले नै पालना गर्न छाड्दछन् त्यती बेला नै राज्यमा ब्यथिति र अराजकता बढ्ने सम्भावना बढेर जाने गर्दछ । कुनै बेला राज्यले दुर्घटना न्युनिकरण गर्न र भएका सडक जोगाउन भन्दै बनाएको सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को पालना नहुंदा नेपालमा दुर्घटना मात्र बढेको छैन ।
बन्दै गरेका सडक बन्दाबन्दै भत्कन थालेकाछन् । सरकारी ऐनको धज्जी उडाउंदै कहिले गृह मन्त्रालय त कहिले जिल्ला प्रशासन कार्यालयबाट तथाकथित ब्यवहारिकताका नाममा निर्णयहरु भएपछि बुटवल–बेलहियामा ६ लेन सडक अगाडि अगाडि निर्माण हुंदैछ, पछाडि पछाडि भत्कंदै गएको छ ।
एकातिर भारतीय ओभरलोडेड गाडीका कारण बन्दै गरेको सडक भत्किन थालेको छ । अर्कोतिर, टिप्पर व्यवसायीको मनोमानि पनि बढ्दै छ । कम्पनीबाट आएको टिप्परको ढाला बढाएर ओभरलोडेड बनाउने र तिनै टिप्परले दुर्घटना निम्त्याउने क्रम बढ्दो छ । टिप्परका कारण दुर्घटना बढ्न थालेपछि रुपन्देही प्रहरीले कारवाही प्रक्रिया सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्