काठमाडौं ८ कात्तिक । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ । डेङ्गी सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै लिमिटेडले सिटामोल अभाव नरहेको प्रष्ट जनाएको हो ।
सिटामोलको नियमित उत्पादन भइरहेको र खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको पनि लिमिटेडको भनाइ छ ।
पछिल्लो समयमा बढ्न गएको डेङ्गीको सङ्क्रमणलाई ध्यानमा राख्दै सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाण्डौ बबरमहलमा रहेको बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको समेत औषधि लिमिटेडले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्