ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको नीति अध्ययन प्रतिष्ठानले तयार पार्‍यो ८ कार्यपत्र


एबीसी न्यूज
८ कार्तिक २०८१, बिहिबार   ४ : २१   बजे

काठमाडौं ८ कात्तिक । नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले नेपाली समाजका विविध आयामबारे अध्ययन गरी ८ वटा कार्यपत्र तयार पारेको छ।

बिहीबार विभिन्न चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान तथा कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो।

बदिलँदो भूराजनीति र समाजवादको यात्रामा पारेको चुनौती, बसाइँसराइले नेपाली समाजमा ल्याएको संरचनागत परिवर्तन, जनसांख्यिक संरचना र यसले नेपाली समाजवाद निर्माणमा पार्न सक्ने प्रभाव, संघीयता र सुशासनजस्ता विषयमा ८ वटा कार्यपत्र तयार पारेको कार्यकारी प्रमुख आशिष रेग्मीले जानकारी दिए।

 

यी कार्यपत्रहरूलाई दस्तावेजीकरण गर्नुका साथै पार्टीलाई सुझावको रूपमा दिइने र यसले पार्टीका लागि निर्णय लिन आधारशीलाको काम गर्ने रेग्मीको भनाइ छ।

असोज १ गते प्रतिष्ठानले विभिन्न पार्टीका प्रतिनिधि, कानुनविद, संविधानविद, वरिष्ठ पत्रकार, पार्टी पदाधिकारी र नेताहरू सम्मिलित संविधान कार्यन्वयनका १० वर्षको समीक्षा गर्दै अबको बाटोबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रमका वक्ताहरूले विगतका कामहरूको सह्राहना गर्दै जलवायु परिवर्तन, रेजिलियन्ट सिटी, अर्थतन्त्रमा सुधार गर्न अपनाउनुपर्ने नीति, हालको समाजको वर्ग विश्लेषण, नेपाली विशेषतासहितको समाजवादजस्ता विषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता दर्शाए।

कार्यक्रममा प्रतिष्ठानका निर्देशक समिति सदस्यहरू र प्रतिष्ठानका विभिन्न डेस्कमा आबद्ध विज्ञ सदस्यहरूको उपस्थिति थियो। प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले कार्यप्रगतिमा खुसी व्यक्त गरेका थिए। यस्तै राजन भट्टराई, युवराज खतिवडा, दिनेश दवकोटालगायत निर्देशक समिति सदस्यहरू र डेस्कका विज्ञ सदस्यहरूले आआफ्नो डेस्कको कार्यप्रगति र भावी रणनीतिबारे प्रस्ट पारेका थिए।

नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान एमालेको थिंक ट्यांक संस्था हो। यसले पार्टीलाई विभिन्न विधा र नीतिगत क्षेत्रमा सुझाव दिने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu