ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिका लागि एउटै विद्यालय पढेका भण्डारी र राईको उम्मेदवारी


admin
२३ फाल्गुन २०७४, बुधबार   १२ : ४९   बजे

काठमाडौं, २३ फागुन । संघीय गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेस नेतृ कुमारी लक्ष्मी राईविच प्रतिस्पर्धा हुने भएको छ । उहाँहरु दुवै जना कुनैबेला दुबै भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विद्यार्थी हुनुहुन्थ्यो ।

नेकपा (एमाले) स्थायी कमिटिको बैठकले मंगलबार राती वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लगत्तै कांग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसको बुधबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले भोजपुरकी कुमारी लक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सो निर्वाचनका लागि आज फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ ।

वाम गठबन्धनले वर्तमान राष्ट्रपतिलाइ नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै औपचारिकताको लागि मात्रै कांग्रेसले पनि आफ्नो पार्टीबाट उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।

राष्ट्रपतिमा भण्डारीको विजय निश्चित जस्तै छ । वर्तमान राष्ट्रपतिलाई उम्मेदवार नबनाएमा भने कांग्रेसले उम्मेदवारी नदिने बताएको थियो । राष्ट्रिय सभामा सरकारबाट मनोनयन हुने तीन सदस्यको विषयमा राष्ट्रपति भण्डारीले राजनीतिक पूर्वाग्रह राखेको भन्दै कांग्रेसले यस्तो निर्णय लिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu