ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजेन्द्र महतोले नयाँ पार्टी खोले, दर्ताका लागि निर्वाचन आयोगमा निवेदन


एबीसी न्यूज
९ कार्तिक २०८१, शुक्रबार   ४ : ११   बजे

काठमाडौं ९ कात्तिक । राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरेका महतो केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमार्फत सक्रिय रहँदै आएका थिए।

महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएको नेता केशव झाले  जानकारी दिए।

‘हामी दल दर्ताका लागि निर्वाचन आयोगमा छौं, राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको नयाँ पार्टी बनाउन लागिएको हो,’ उनले भने, ‘अहिले अध्यक्ष र १७३ जना केन्द्रीय सदस्य रहनुहुन्छ।’

गत फागुनमा महतोले लोसपा परित्याग गरेका थिए। त्यसबेलादेखि नै उनले अभियान सञ्चालन गरेका थिए।

यसअघि मधेसकेन्द्रित दलहरूमा सक्रिय रहेका महतो यो पार्टीलाई भने राष्ट्रिय दलको रूपमा आकार दिने गरी तयारी गरिरहेका छन्। महतो यसअघि सद्भावना पार्टी आनन्दीदेवी०, राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय थिए।

उनी पटक(पटक मन्त्रीसमेत भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group