ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आफ्नै दुई तिहाईमाथि बन्चरो हान्नेले कांग्रेसको बुइ चढेर दुई तिहाइको घुर्की, लाजमर्दो भयो : प्रचण्ड


एबीसी न्यूज
१० कार्तिक २०८१, शनिबार   ३ : ५९   बजे

 

 

काठमाडौं १० कात्तिक,। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् ।

अहिले सरकार ढाल्नका लागि खबरदारी सभा गरेको होइन । खबरदारी सभा घोषणा गर्ने बित्तिकै सत्तापक्षमा आतंक सिर्जना भयो कि सरकार आजै ढल्छ, भोलि नै ढल्छ, हामीले भनेका छैनौं उहाँहरूले नै भन्नुभएको छ । तपाईहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला, भ्रष्टाचारीको संरक्षणतिर नजानुहोला,’ दाहालले भने, ‘लोकतन्त्र र संविधान माओवादी केन्द्रको त्याग र बलिदानबाट बनेको छ । त्यसमाथि आघात नपुगोस् भन्नेमा हामी अझ बढी गम्भीर र जिम्मेवार छौं । हामीले यो खबरदारी सभा नगर्ने हो सरकारको बेथिति र भ्रष्टाचारका गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ । अराजकतावादी, प्रतिगमनकारीले टाउको उठाउने खतरा हुन्छ ।’

माओवादीले खबरदारी सभा घोषणा गरेपछि सरकारमा रहेका दलहरूले सरकार ढाल्न खोजेको र त्यो संविधान विरोधी हुन्छ भन्ने अभिव्यक्ति दिएको कुरा आफूकहाँ पनि पुगेको दाहालको भनाइ थियो ।

सत्तारुढ दलहरूले सरकार पूरै अवधि चलाओस् भनेर आफूले पहिले नै भनेको दाहालले उल्लेख गरे । उनले माओवादी सरकार ढाल्ने काममा नलाग्ने बताए । तर, सरकारमा रहेका दलहरू ‘भ्रष्टाचारको रक्षा, सुशासनको विपक्ष र बिचौलियाको पक्षमा’ गइरहेकाले आफै ढल्ने बताए । यी कारणले सरकार ढलेमा आफूलाई दोष नदिन पनि दाहालको भनाइ थियो ।

शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने चिन्ता नलिइकन ढुक्कसँग सरकार चलाउन चेतावनी दिएका छन् । हुन त ओलीजीको स्वभाव अरुले गर्न हुँदैन भन्यो भने, त्यही गर्नुहुन्छ । गर्नु पर्छ भन्यो भने त्यसको उल्टो गर्नु हुन्छ प्रचण्डल व्यंग्य गरे

।May be an image of 2 people

 

 

यो सरकारले के गर्दैछ ? सरकारले कुलमानलाई हटाउन लागेर माफियाहरुलाई पोस्न लागेको छ । प्रचण्डको प्रश्न थियो – यही हो सरकारले ७० प्रतिशत उपलव्धी गरेको ?
प्रचण्डले ओलीलाई चेतावनी दिंदै भने – आफ्नै दुई तिहाइको बहुमतमाथि बन्चरो हान्ने ओलीले कांग्रेसका बुई चढेर दुई तिहाई को दम्भले दुनिया नै लजाएको छ । यस्तो घुर्कीे लगाउने रबैया नदेखााउन सुझाव दिए ।

‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, उनले भने । अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए ।

‘तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्‍यौं, तपाईहरुको रोग हामीलाई पनि सर्‍यो’, उनले भने

अब आफूहरु प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै नआउने अध्यक्ष प्रचण्डले बताए । ‘तपाईहरुले ढुक्कसँग चलाए हुन्छ सरकार, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ’, उनले भने ।

प्रचण्डले अगाडि भने, ‘हामी अलिअलि बिग्रिन थालेका थियौं, जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’

माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने प्रचण्डले भने । जति सिट ल्याए पनि एक्लै लड्ने उनले बताए ।

आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको प्रचण्डले बताए ।
प्रचण्डले ओलीलाई प्रश्न गरे – के भयो भुटानी शरणार्थी काण्ड ? के भयो बालमन्दिर र बांसवारी जग्गा काण्ड ? कांग्रेसर र एमाले मिलेको नै यी काण्डको छानविन गर्न होइन, यी विषयलाई दबाउन आएको भन्दै प्रचण्डले भने – देश कांग्रेस र एमालेका मात्र विर्ता होइन, हामीले यी प्रश्नको जबाफ खोजिरहन्छौं ।।

नेकपा माओवादी केन्द्रले भृकुटी मण्डपमा आयोजित विरोध सभाअघि अघि जुलुश निकालेको छ । काठमाडौं मलमा जम्मा भएर माओवादीले जुलुस निकालेको हो ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै माओवादीले निकालेको खबरदारी जुलुशमा उत्साहजनक सहभागिता रहेको देखिएको छ ।

 

https://www.facebook.com/share/v/NksntGZ6t3R7W1Sa/

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu