ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरो साख घट्यो भन्नेहरूले ०८४ को निर्वाचन हेरुन्-प्रधानमन्त्री ओली


एबीसी न्यूज
११ कार्तिक २०८१, आइतबार   ४ : ३८   बजे

काठमाडौं ११ कात्तिक ।    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अलोकप्रिय भनेर टिप्पणी गर्नेहरूलाई ०८४ को चुनाव कुर्न आग्रह गरेका छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी स्रगठनद्वारा आज आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेकपा एमालेका अध्यक्षसेमत रहेका ओलीले भने, ‘भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्ने सक्छन् सचेत जनतालाई थाहाँ छ कि हामी कति लोकप्रिय हौँ भन्ने। ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेरुन्।’

 

साथै, उनले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने दाबी गरे।

प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको जिकिर गरे।

‘अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ। हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने सङ्कल्पका साथ अघि बढ्का छौँ। सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन,’ ओलीले भने।

साथै, प्रधानमन्त्री ओलीले लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताउँदै नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौँ, चुट्छौँ, मार्छौ, काट्छौँ भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सैह्य नहुने बताए।

सामाजिक सञ्जालमा जथाभावीरुपमा प्रस्तुत हुनेहरुलाई उत्तरदायी बनाउने बाटोमा सरकार रहेको पनि स्पष्ट पारे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu