काठमाडौं २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले हाल बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।
सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन । उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ, प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्