ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरमा बस दुर्घटना : ३५ यात्रु घाइते


एबीसी न्यूज
२१ कार्तिक २०८१, बुधबार   ११ : ३३   बजे

काठमाडौं २१ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधवार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते हुनुभएको छ ।

काठमाडौँबाट महोत्तरी जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नं। को बस आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल दाहिने साइडमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेमध्ये २८ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको छ । जसमध्ये १३ जनाको अवस्था मध्यम र १५ सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मनहरी अस्पतालमा तीन जना र हेटौँडा अस्पतालमा चार जना घाइतेको उपचार भइरहेको छ ।

दुर्घटनामा घाइतेहरू महोत्तरी मटियानी नगरपालिका–७ बस्ने २४ वर्षीय हरि शङ्कर प्रसाद मण्डल, जलेश्वर नगरपालिका–९ बस्ने २४ वर्षीय राज कुमार साह, २८ बर्षिया अनु राय, २१ वर्षीया खुसी कुमारी पाण्डे, धनुषा जनकपुर उपमहानगरपालिका–१३ बस्ने २० बर्षिया भिमा ठाकुर, महोत्तरी बगाह नगरपालिका–१ बस्ने ६१ वर्षीय दिनेश चौधरी, महोत्तरी जलेश्वर नगरपालिका–२ बस्ने २० वर्षीया असख साझी, धनुषा जनकपुर उपमहानगरपालिका–९ बस्ने ६० वर्षीया सरोज झा, ९ वर्षीया समृद्धि झा, ४२ वर्षीय किरण झा, ४७ वर्षीया संजिब झा, भारत सीतामढी जिल्ला पिपराथान बस्ने ५५ वर्षीया बेचन महत्तो, धनुषा जनकपुर उपमहानगरपालिका बस्ने १८ वर्षीया अनुपाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

त्यस्तै धनुषा जनकपुर उपमहानगरपालिका–७ बस्ने २८ वर्षीया राजु साह, २५ वर्षीया रुद्रानि राज, धनुषा लक्षिमिहा गाउँपालिका–१ बस्ने ३४ वर्षीया सुन्दर साह, ५ वर्षीय बिराज साह, १२ वर्षीय राज साह, १४ वर्षीय काजल साह, जनकपुर उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय रामभरोस साह, धनुषा बटेस्वर गाउँपालिका–३ बस्ने ३७ वर्षीया रामकृष्ण सिङ, ५ वर्षीय प्रतिक सिङ, १० वर्षीया कृती सिंङ, २९ वर्षीया सुजित कुमार महत्तो, ।धनुषा नकराईन गाउँपालिका–।६ बस्ने २३ वर्षीय रमेश कुमार ठाकुर, मिथिला नगरपालिका–६ बस्ने २१ वर्षीय मनोज महत्तो, धनुषा घर भई हाल काठमाडौँ बस्ने २४ वर्षीय रमा के।सी।, धनुषा बटेस्वर नगरपालिका–३ बस्ने ३३ वर्षीय ईन्दिरा कुमारी महत्तो घाइते हुनुभएको हो । उहाँहरुको चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै औराही गाउँपालिका–१ बस्ने ३५ वर्षीय रोशन कु।यादब, देश भारत प्रदेश बिहार मध्यवानि बस्ने ४९ बर्षिये श्याम कुमार ठाकुर, भारत बिहार प्रदेश दभंगा बस्ने ४४ वर्षीय प्रमोद कुमार शर्माको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै उदयपुर उदयपुर गढि गाउँपालिका–६ बस्ने २० वर्षीय रन्जना मगर, काठमाडौँ महानगरपालिका–३१ बस्ने बर्ष ६० वर्षीय बिना देबी, २२ वर्षीय सोनम साह र ३४ वर्षीया अनुपम जैसवाल घाइते हुनुभएको हो । उहाँहरू हेटौँडा अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भई गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

सम्बन्धित

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group