काठमाडौं २१ कात्तिक । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीनजनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक ९पुनः जाँच० गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के।जी। ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ । एयर अरेवियाको उडान नं। जी९५३० मा शारजाहबाट काठमाडौं आएका चिनिया र म्यानमारका नागरिकबाट सो सुन बरामद भएको हो ।
प्रतिक्रिया दिनुहोस्