ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा डेङ्गी सङ्क्रमण घट्दै


एबीसी न्यूज
२१ कार्तिक २०८१, बुधबार   ३ : ४८   बजे

काठमाडौं २१ कात्तिक ।   नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले जाडो बढेसँगै सङ्क्रमण घट्दै गएको बताउनुभयो ।

उहाँका अनुसार सन् २०२४ को ४२औं हप्तादेखि नेपालमा डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औं हप्ता चलिरहेको छ । ४२औं हप्तामा दुई हजार पाँच सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । ४३औं हप्तामा दुई हजार दुई सय चार, ४४औं हप्तामा एक हजार ७१ र ४५औं हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।

नेपालमा अहिलेसम्म २९ हजार एक सय ५८ जनामा डेङ्गी सङ्क्रमण भएको र १२ जनाको ज्यान गएको शाखाको तथ्याङ्क छ । यस वर्ष हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाण्डौ उपत्यकामा ६ हजार ६ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

डेङ्गी सङ्क्रमण घटिरहेको भए पनि अझै केही समय सावधानी अपनाउन डा। दाहालले आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई गगनको चेतावनी : ‘कानुनलाई टुल बनाएर शासन गरे आफैं खनिएको खाल्डोमा पर्नुहुन्छ’

प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १० गते, सीमासम्बन्धी विषयमा जवाफ दिन सभामुखको रुलिङ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu