काठमाडौं २१ कात्तिक । काठमाण्डौ महानगरपालिकाले छठ पर्व मनाउनका लागि आठ वटा ठाउँमा व्यवस्थापनको काम गरिरहेको छ ।
छठ मनाउनका लागि वडा नम्बर ८ को गौरीघाट, वडा नम्बर ३२ को कोटेश्वर दोभान, वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ११ को वंशीघाट, वडा नम्बर १६ को बालाजु बाइसधारा, वडा नम्बर १३ को धौखेल, वडा नम्बर १४ को कुमारी क्लब तथा भुवनेश्वरी मन्दिरमा व्यवस्थापनको काम भइरहेको महानगरले जनाएको छ । अहिले यी ठाउँहरूमा पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र स्थल व्यवस्थापनको काम भइरहेको छ । यसका साथै सम्बन्धित वडाबाट पनि काम भइरहेको महानगरले जनाएको छ ।
यसैबीच काठमाण्डौ उपत्यकामा छठको रौनक शुरू भएको छ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गतको छठ पूजाका लागि काठमाण्डौ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका ठाउँमा नदी किनारहरू सिँगारिएका छन् ।
यस्तै एकीकृत बाग्मती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बाग्मती नदीमा छाड्ने तयारी भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्