ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाको बलाध्यक्ष रथीमा केसीलाई बढुवा गर्न ७ दिने सूचना


एबीसी न्यूज
२१ कार्तिक २०८१, बुधबार   ५ : ५२   बजे

काठमाडौं २१ कात्तिक । नेपाली सेनाको बलाध्यक्ष रथीमा बढुवाको प्रक्रिया अगाडी बढेको छ। अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएपछि गत भदौमा रिक्त भएको रथी पदमा सेनाले उपरथी प्रदीपजंग केसीलाई बढुवा गर्ने ७ दिने सूचना जारी गरेको हो।

मध्य पृतना हेटौँडाका पृतनापति समेत रहेका केसी हालका उपरथीहरूमा सबैभन्दा वरिष्ठ हुन्। नेपाली सेनामा दुई जना रथीको दरबन्दी छ।

बलाधिकृत रथीमा निर्मलकुमार थापा कार्यरत छन्।

केसीलाई बलाध्यक्ष रथीमा बढुवा गर्ने प्रक्रिया अगाडी बढेको जानकारी गराउँदै सेनाले उनीउपर कुनै उजुरी भए ७ दिनको समय दिएको हो।

सात दिनभित्रमा उनीउपर उजुरी परे त्यसलाई छानबिन गरिनेछ। छानबिनका क्रममा दोषी पाइए मात्रै बढुवा रोकिने छ। नभए उनी छिट्टै रथीमा बढुवा हुनेछन्।

रथीमा बढुवा हुँदा केसी २०८३ मंसिर १५ गतेसम्म सैनिक सेवामा रहनेछन्। त्यसपछि उनी रथीको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास हुनेछन्।

२०२५ मंसिर १६ गते काठमाडौँमा जन्मिएका केसी २०४४ असोजमा नेपाली सेनामा भर्ना भएका थिए। यसअघि २०७८ पुस ८ गते उपरथीमा बढुवा भएका थिए। उपरथीको कार्यकाल सकिन लाग्दा रथीमा बढुवा हुन लागेका हुन्।

आफ्नो ३५ वर्षको सैनिक करियरमा उनले विभिन्न देशबाट सैन्य तालिमहरू गरेका छन्। केसी विभिन्न समयमा ५ पटक राष्ट्रसंघीय मिसनमा पनि सहभागी भइसकेका छन्।

उनले लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलमा प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर र सेक्टर हेड क्वाटरमा वरिष्ठ योजना अधिकारीको रुपमा काम गरिसकेका छन्।

यसबीचमा अन्य सैनिक पदहरू सम्हालेका केसी सन् २०१४ देखि २०१७ सम्म बेलायतको रक्षा सहचारीको रुपमा नियुक्त भएका थिए। विभिन्न पदकबाट सम्मानित भइसकेका उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्।

केसीपछिको वरीयतामा उपरथीहरू प्रेमध्वज अधिकारी र दीपककुमार बानियाँ छन्। दोस्रो वरियतामा रहेका अधिकारीलाई सरकारले यसअघि नै रथीमा स्थानीय बढुवा गरेर राष्ट्रसंघको सैनिक सल्लाहकारका लागि उम्मेदवार बनाएको छ।

यद्यपि उनी छनोट भइसकेका छैनन्। उनी सैनिक सल्लाहकारमा नियुक्त नभए निर्मल कुमार थापाको अवकासपछि मात्रै बलाध्यक्ष रथी हुनेछन्।

सैनिक सल्लाहकार भए त्यहाँ रथीकै हैसियत पाउनेछन्। तर नेपाली सेनामा भने थापाको अवकासपछि नै बलाध्यक्ष रथी बन्नेछन्।

उनलाई राष्ट्रसंघकै सैनिक सल्लाहकारका लागि स्थानीय बढुवा दिएर उम्मेदवार बनाइएको हो। सैनिक सल्लाहकारका लागि रथी तह आवश्यक पर्ने नेपाली सेनाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group