ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो, रुस–युक्रेन र इजरायल–हमास युद्धबारे विभिन्न टिप्पणी र शङ्का


एबीसी न्यूज
२१ कार्तिक २०८१, बुधबार   ६ : ३१   बजे

काठमाडौं, २१ कार्तिक ।  राष्ट्रपतिमा विजयी भएसँगै डोनाल्ड ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले बधाई दिँदै उनीसँग काम गर्न तयार रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले युरोपको हितको रक्षा गर्दै ट्रम्पसँग सम्मान र महत्त्वाकाङ्क्षाका साथ काम गर्न तयार रहेको बाएका हुन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले ट्रम्पलाई बधाई दिँदै दुई देशबीचको साझेदारी थप बलियो हुने समेत बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफू अमेरिका–युक्रेन साझेदारीको दरिलो युगको पर्खाइमा रहेको बताउँदै रुसविरुद्धको युद्धमा लगातारको अमेरिकी सहयोगका लागि आशावादी रहेको बताए । ट्रम्पले यसअघि आफू विजयी भएमा रुस–युक्रेन युद्ध केहीबेरमै रोक्न सक्ने जिकिर गर्दै आएका थिए । अब उनले रुस–युक्रेन युद्धलाई कसरी रोक्छन भन्ने चासो बढेको छ । रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई दिएको अर्बौं डलर सहयोगको ट्रम्पले विरोध गर्दै आएका छन् । ट्रम्प विजयी भएपछि पत्रकार सम्मेलन गरेर रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले रुस–अमेरिकाको सम्बन्ध ऐतिहासिक रूपमा कमजोर रहेको स्वीकार गर्दै वार्ताका लागि भने ढोका खुलै रहेको बताएका छन् । पेस्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिने कुनै योजनाबारे जानकारी नभएको बताए ।

अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई शक्ति दिइरहेको विषय आफूहरूले नर्बिसने भन्दै उनले घटनाक्रमको विश्लेषण गरिरहेको बताए । यस्तै इरानविरुद्ध तत्कालै आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएकाले अहिले मध्यपूर्वमा चर्किएको द्वन्द्व थप बढ्न सक्ने कतिपयको विश्लेषण छ । विश्वको दोस्रो ठूलो शक्तिमा रहेको चीनविरुद्ध पनि ट्रम्पले धेरै नकारात्मक अभिव्यक्ति दिँदै आउका छन् । कोरोना भाइरसलाई चिनी भाइरसको संज्ञा दिएका ट्रम्पको कार्यकालमा चीनसँगको सम्बन्ध सुधार हुन सकेको थिएन । ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति ल्याएर देश निकाला गर्ने चेतावनी दिएकाले अवैध रूपमा अमेरिका पुगेका र पुग्न खोज्ने आप्रवासी प्रभावित हुनेछन् । आज विजय निश्चित भएपछि फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दिएको बताए । यो चुनावमा रिपब्लिकन दलले राष्ट्रपतिसँगै माथिल्लो सदनमा बहुमत पुर्‍याइसकेको छ । तल्लो सदनमा पनि रिपव्लिकनकै बहुमत आउने सम्भावना बलियो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group