ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौथोपटक हिरासत म्याद थप्न आज रविलाई अदालत लगिँदै


मनिषा लामिछाने
२५ कार्तिक २०८१, आइतबार   १० : ४०   बजे

काठमाडौँ । सहकारी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थपका लागि आज (आइतबार) अदालत पेस गरिँदै छ।

तेस्रोपटक कात्तिक २० गते अदालत उपस्थित गराई तिहार बिदासमेत गणना गरी थपिएको १० दिनको म्याद पनि कात्तिक २४ गते (शनिबार) सकिएकाले चौथोपटक हिरासत लम्ब्याउन आज रविलाई कास्की जिल्ला अदालत उपस्थित गराइने भएको हो।

‘अनुसन्धान भनेको क्रमबद्ध हुन्छ, हतारमा गर्ने कुरा भएन, रातभर नसुतेर काम गरिएको छ’, कास्की प्रहरीका एक अधिकृतले नेपालखबरसँग भनेका छन्, ‘अनुसन्धान नसकिँदै छाड्ने कुरा भएन, हामीले अदालतसँग अनुमति माग्ने हो, सम्मानित अदालतबाट जस्तो आदेश आउँछ, त्यस्तै हुन्छ।’

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्‍याएका रविविरुद्ध हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आम नागरिक र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। शनिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रहेर आम नागरिक र राष्ट्रिय शक्तिहरूको सहकार्यमा दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group