ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामवीर मानन्धर एमाले मै फर्किए


एबीसी न्यूज
२८ कार्तिक २०८१, बुधबार   ३ : २१   बजे

काठमाडौं २८ कात्तिक । पूर्वसांसद रामवीर मानन्धर नेकपा एमालेमै सक्रिय भएका छन् । ०७९ को चुनावपछि छुट्टै उम्मेदवारी दिएका उनी एमालेमा निष्कृय भएका थिए ।

तर काठमाडौं महानगरको १६ नम्बर वडामा उपचुनाव हुँदै गर्दा मानन्धर फेरि एमालेमै सक्रिय भएका हुन् । एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले मानन्धर एमालेको कार्यक्रमहरुमा सक्रिय भएको बताए ।

‘उहाँले पार्टी छोड्नु भएको होइन, थिएन । चुनावमा छुट्टै उम्मेदवारी दिनुभएपछि फरक परिस्थिति बनेको थियो’ अध्यक्ष निरौलाले भने, ‘अहिले पार्टीमै सक्रिय हुनुभयो ।’

एमालेबाट अलग भएको घोषणा नगरेकाले मानन्धरको प्रवेश कार्यक्रम जरुरी नभएको अध्यक्ष निरौलाले बताए ।

मानन्धरले पनि एमाले उम्मेदवार जिताउनेगरी आफू सक्रिय भएको बताए । ‘काठमाडौं–१६, एमाले र मेरो बीचमा एउटा इतिहास छ’ मानन्धरले भने, ‘बसपार्क, औद्योगिक क्षेत्र जति पनि विकास भएको छ, त्यसको पछि एमाले र मेरो भूमिका छ ।’

यो क्षेत्रको थप विकासका निम्ति आफू एमालेमै सक्रिय हुनु परेको उनले बताए । ‘बीचबीचमा केही हावाहरु चले । तर यो क्षेत्रमा एमालेको इतिहास छ’, मानन्धरले भने ।

२१ हजार मतदाता रहेको यो क्षेत्रबाट मानन्धरले दुईपटक वडाध्यक्ष जितेका थिए । २०४९ र २०५४ को चुनावमा उनले यही वडाबाट वडाध्यक्ष जितेका थिए ।

२०७० र ०७४ को चुनावमा काठमाडौं–७ बाट मानन्धर सांसद बने । ०७७ मा राज्यमन्त्री पनि बने । तर तत्कालीन नेकपाको विवादसँगै मानन्धर एमालेको संस्थापनबाट अलग हुन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

गृहमन्त्री गुरुङद्वारा बूढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय निरीक्षण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu