काठमाडौं २८ कात्तिक । बुधबार सेयर बजार परिसूचक नेप्से १४।१२ अंकले घटेर दुई हजार ७३४।८३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ २१, माइक्रोफाइनान्स १९, जीवन बीमा १६२, अन्य १७, उत्पादन ६८, होटल तथा पर्यटन ४, निर्जीवन बीमा १६७ र ब्यापार उपसमूह ५९ अंकले घटेको छ । त्यस्तै, विकास बैंक ८०, फाइनान्स १५१ र हाइड्रोपावर उपसमूह २८ अंकले बढेको छ ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सम्पकोशी डेभलपमेन्ट बैंक, सिर्जनशील लघुवित्त मकर जीतुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०८ कम्पनीको एक करोड ५३ लाख कित्ता सेयर ७ अर्ब ९१ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्