काठमाडौं २९ कात्तिक । त्रिभुवन राजपथको धादिङ धुनिवेशी क्षेत्र अन्तर्गत सिस्ने खोला क्षेत्रमा आजदेखि एक हप्ताका लागि सडक आंशिक बन्द हुने भएको छ ।
नागढुङ्गा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा स्लोप कटिङ कार्य गर्नुपर्ने भएकाले आज कात्तिक २९ देखि आउने मङ्सिर पाँच गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक आशिंक रूपमा बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
यो अवधिमा हरेक दिन सडकखण्ड २० मिनेट बन्द र २० मिनेट खुला हुने जिल्ला प्रशासन कार्यालय धादिङले निकालेको सूचनामा उल्लेख छ । एम्बुलेन्स र सुरक्षा निकायबाहेकका गाडीलाई चलाउन आशिंक रूपमा रोक लगाइएको हो ।
प्रतिक्रिया दिनुहोस्