ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान


एबीसी न्यूज
२९ कार्तिक २०८१, बिहिबार   १२ : ३१   बजे

काठमाडौं २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बैठक राखेको हो ।

प्रधानमन्त्रीको चीन भ्रमणका सम्बन्धमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले आगामी आइतबार बिहान ११ बजे बैठक राखेको हो । संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

समिति सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिमा उपस्थित गराउने प्रयास जारी छ । परराष्ट्रमन्त्री आरजु राणालाई पनि बोलाइएको छ ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाँदै छन् । प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने लगायतको तयारी रहेको बताइन्छ ।

 

बीआरआईलाई लिएर अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यसअघि पनि पटक–पटक छलफल भएका छन् । बीआरआई अन्तर्गत ऋण लिन नहुने र हुने दुई थरी मत छ । खासगरी नेपाली कांग्रेसका सांसदहरूले बीआरआई अन्तर्गत ऋण लिन नहुने अनुदानमात्रै लिने नीति सरकारले लिनुपर्नेमा जोड दिँदै आएका छन् ।

नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहा होस् भन्नुपर्नेमा भने एमाले र कांग्रेसको मत छ । यी लगायतका विषयमा सरकारले के कस्तो नीति अवलम्बन गर्दैछ भनेर बुझ्न र आवश्यक सुझाव दिन बैठक राखिएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu