काठमाडौं २९ कात्तिक । भारतीय निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त एस वाई कुरैसीले निर्वाचन आयोगमा अनुभवी व्यक्तिहरू हुन आवश्यक रहेको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ(२०२४ को ‘निर्वाचनमा सुधारः नीति कि प्रवृत्ति’ सत्रमा बोल्दै निर्वाचन आयोगमा अनुभवी व्यक्तिहरु भएमात्र निर्वाचन आयोगले सहज रुपमा काम गर्न सक्ने बताएका हुन् ।
उनले भारतको उदाहरण दिँदै भने,‘भारतको निर्वाचन आयोगमा स्वतन्त्र व्यक्तिहरू आउँछन् । सबै निजामती कर्मचारीतन्त्रबाट आउँछन् । आयोगमा जानको लागि अहिलेसम्म कुनै योग्यता चाहिन्छ भन्ने छैन । तर हरेक सरकारले निजामती सेवाकै लागि छान्ने गर्छन्, किनकि उनीहरुमा योग्यता हुन्छ ।’ उनले भारतभन्दा अन्य मुलुकमा निर्वाचन आयोगमा सहज नहुनुको कारण अन्य क्षेत्रमा काम गरेका व्यक्तिहरूलाई आयोगमा नियुक्त गर्नु रहेको उल्लेख गरे ।
‘तर भारतमा पछिल्लो सात दशकदेखि निर्वाचनमा आयोग काम राम्रो हुनुको कारण अनुभवी कर्मचारीहरूलाई नियुक्त गर्नु हो,’ उनले भने,‘किनकि म पनि महिला निजामती कर्मचारी थिए र आफ्नो सुरुआती जीवनबाटै निर्वाचन सञ्चालन गर्दै आइरहेको छु । यो निकै महत्त्वपूर्ण विषय हो ।’
प्रतिक्रिया दिनुहोस्