ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा बीआरआई अघि नबढ्नुमा ३ कारण- चिनियाँ अनुसन्धनकर्ता वाङ


एबीसी न्यूज
२९ कार्तिक २०८१, बिहिबार   १ : ४३   बजे

काठमाडौं २९ कात्तिक । इस्टिच्युट अफ स्टेट गर्भरनेन्स अन्तरगत ह्वानजोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका वाङ पेङले नेपालमा बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई अघि नबढ्नुमा तीन कारण औंल्याएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ को ‘भूराजनीतिक खलबल’ सत्रमा बोल्दै वाङले सन् २०१७ मा चीन र नेपालबीच बीआरआईको समझदारी पत्रमा हस्ताक्षर भएको उल्लेख गर्दै हालसम्म सोचे अनुसार नबढ्नुमा तीन विषय प्रस्तुत गरेका हुन् ।

उनले पाकिस्तानको उदाहरण दिँदै नेपालमा राजनीतिक परिवर्तनपछि असर परेको उल्लेख गरे । ‘पाकिस्तानसँग हाम्रो उच्च सम्बन्ध छ । पाकिस्तानले चाइना कार्ड खेल्दैन । त्यहाँ जो प्रधानमन्त्री भए पनि हामीसँग काम गर्छन्,’ उनले भने ।

वाङले दोस्रो कारणको रुपमा नेपालको आन्तरिक र बाह्य भूराजनीतिक खलबल भएको प्रष्ट पारे । नेपाल बलियो इच्छा शक्तिबाट अघि बढ्नुपर्छ,’ उनले भने ।

वाङले तेस्रो महत्वपूर्ण कारणको रुपमा यो क्षेत्रमा भारतीय अधिपत्यको विषय रहेको प्रष्ट पारे । उनले भने,‘चीनले नेपालमा पूर्वाधार, रेलमार्ग र अन्य विकास गर्दा भारतलाई सुरक्षा वा अन्य कुनै समस्या हुन्न् । तर यो क्षेत्रमा जुन हिसाबमा भारतीय अधिपत्य छ, त्यसमा समस्या पर्छ भन्ने रहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu