ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दार्चुलामा जीप दुर्घटना अपडेट, आठजनाको मृत्यु


मनिषा लामिछाने
३० कार्तिक २०८१, शुक्रबार   ९ : ३६   बजे

काठमाडौं।  दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ मा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। पाँचजना घाइते छन्।

शैल्यशिखर-९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरी छत्रबहादुर निरीक्षक रावतले जानकारी दिए। प्रहरीका अनुसार रावलद्वय श्रीमान्-श्रीमती हुन्। यस्तै नक्तडका ४५ दिलीप विष्ट र ४० वर्षीया मीना लेखकको पनि मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका-५ का ५० वर्षिय वीरेन्द्र बोहरा र १६ वर्षीया सुजित बोहराको ज्यान गएको छ।

ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन्। भारत विजनोर मोभारपुरका ४५ वर्षीय मोहम्मद सकिर र १८ वर्षीय मोहम्मद बसिलको मृत्यु भएको प्रहरी निरीक्षक रावतले जानकारी दिए।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना भएको थियो।

घाइतेमध्ये चालक दार्चुला शैल्यशिखरका ३० वर्षीय सुनिल जोशीको अवस्था गम्भीर छ। गोकुलेश्वर अस्पतालमा तीनजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य छ । एक जना भने उपचारपश्चात डिस्चार्ज भएका छन् । जीपमा १३ जना सवार थिए ।

स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu