काठमाडौं ३ मंसिर । पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति नेपाली कांग्रसेसले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
उनको निधनपछि सोमबार आकस्मिक रुपमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
सोमबार र मंगलबार गरी २ दिन पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाइने छ। त्यस्तै मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने र १३ औं दिनमा शोक सभाको आयोजना गर्ने गर्ने निर्णय समेत कांग्रेसले गरेको छ।
प्रतिक्रिया दिनुहोस्