काठमाडौं ४ मंसिर । पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्याएको छ।
मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको कार्यालयबाट वीर अस्पताल लगिएको छ।
स्वास्थ्य परीक्षणपछि उनलाई हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा उपस्थित गराइने छ। प्रसाईंमाथि लिखतसम्बन्धी कसुर ९किर्ते० र विद्युतीय कारोबार साइबर अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीको तयारी छ।
प्रसाईं दुई महिनामा दोस्रोपटक फौजदारी कसुरको अनुसन्धानका लागि पक्राउ परेका हुन्। यसअघि गत असोज ६ गते पनि साइबर अपराधमै पक्राउ परेका थिए।
उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालतबाट उनी १ लाख धरौटीमा छुटेका हुन्।
प्रतिक्रिया दिनुहोस्