ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु


मनिषा लामिछाने
७ मंसिर २०८१, शुक्रबार   १० : ३९   बजे

उर्लाबारी ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी –३ मा बिहीबार अपरान्ह दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीन जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका –८ का २६ वर्षीय अमित लिम्बू रहेका छन्।

धिमालको अरनिको अस्पताल उर्लाबारीमा गुरुङको मदन भण्डारी अस्पताल एवम ट्रमा सेन्टर मङ्गलबारेमा र अमृतको विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो।

दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। मोरङ पथरीशनिश्चरे –५ का ३८ वर्षीय विष्णु धिमाल घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक राकेश यादवका अनुसार प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल कसले चलाएको भन्ने खुलेको छैन्।

पथरीशनिश्चरे –५ का वडाध्यक्ष चेतेन्द्र खड्काले दीपक र विष्णु नातेदार भएको बताए। यस्तै, कानेपोखरीका गुरुङ र लिम्बू सवार प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल पनि कसले चलाएको खुलेको छैन्।

उर्लाबारीबाट थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएका विष्णुको अवस्था समेत चिन्ताजनक रहेको छ। दुर्घटनामा परेर दुवै मोटरसाइकल क्षतिग्रस्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group