काठमाडौं ७ मंसिर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताएका छन्।
शुक्रबार काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले कम्बोडियाको टेलिकममा लगानी गरेको बारे तथ्यसहित बहस गर्न चुनौती दिए।
‘अहिलेको सरकारलाई कसैले हल्लाउन सक्ने छैन, किनभने अहिले हामी कुनै कमिसनखोरी गर्नका लागि सरकारमा गएका होइनौं,’ ओलीले भने, ‘भ्रष्टाचार गर्न होइन, आफ्ना भर्ती गर्नका लागि होइन। म विभिन्न पार्टीका नेता साथीहरुलाई भन्न चाहान्छु। तपाईंहरु नेकपा एमालेतिर औँलो ठड्याएर बोलिरहनुभएका छ। के तपाईहरु साच्चै बहस गर्न सक्नुहुन्छ नेकपा एमालेसँगरु तथ्यसहित बहस गर्न सक्नुहुन्छ। भन्दिए त भयो नि कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर,स्विस बैंकमा यत्ती हजाररु तपाईहरु त हेर्न जानुहुन्न। यस्ता फाल्तु कुराहरु गरेर केही छैन। देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरु भएका हुन्।’
प्रतिक्रिया दिनुहोस्