काठमाडौं ९ मंसिर । बालबालिका र युवाहरूको डिजिटल सुरक्षाका लागि चाइल्ड सेफनेटले टिकटकसँग सहकार्य शुरू गरेको छ । सहकार्यको पहिलो चरणमा बाग्मती, गण्डकी र कोशी प्रदेशमा बालबालिका, अभिभावक र शिक्षकहरूलाई डिजिटल सुरक्षाबारे प्रशिक्षण दिइने चाइल्ड सेफनेटले जनाएको छ ।
यसकै शिलशिलामा चाइल्ड सेफनेटले बालबालिका र युवाहरूका लागि डिजिटल सुरक्षा कार्यशाला आयोजना गरिसकेको छ । कार्यशालामा सहभागीहरूलाई डिजिटल प्रविधिसँग सम्बन्धित आफ्ना अनुभवहरू सुनाउन र डिजिटल प्रविधिको सकरात्मक प्रयोग तथा चुनौतीहरूबारे चर्चा गर्न एउटा महत्वपूर्ण अवसर प्रदान गरेको संस्थाले जनाएको छ ।
बाल तथा युवामैत्री विधि प्रयोग भएको अन्तरक्रियात्मक कार्यशालामा सहभागीहरूले साइबर बुलिङ, घृणास्पद सामग्री हेट स्पीच०, भ्रामक र गलत सूचना मिसरडिस इन्फर्मेसन०, अनलाइन ग्रुमिङ, हानिकारक सामग्री ९यौन र हिंसात्मक सामग्री० बारे छलफल गर्दै तिनबाट सुरक्षित रहन सिकेका छन् ।
टिकटकको सामुदायिक साझेदार च्यानलका रूपमा चाइल्ड सेफनेटले टिकटकमा हुनसक्ने बाल दुर्व्यवहारका घटनाहरू टिकटकमा पठाउने छ । बाल दुर्व्यवहारका घटनाहरू [email protected] । यचन मा पठाउन सकिने छ ।
प्रतिक्रिया दिनुहोस्