ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं महानगरको जरिवाना पत्र एमालेले बुझेन


एबीसी न्यूज
९ मंसिर २०८१, आइतबार   ४ : ०४   बजे

काठमाडौं ९ मंसिर । काठमाडौं महानगरले गत शुक्रबार दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र एमालेले बुझ्न अस्वीकार गरेको छ । महानगरपालिकाले एमालेलाई फोहोर गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयबारेको पत्र बुझाउन महानगर प्रहरी बलको टोली आइतबार दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । महानगर प्रहरी बलका इन्सपेक्टर किशोर भट्टराईकाअनुसार उक्त कार्यक्रम एमालेको केन्द्रीय कार्यालयले नगरेको भन्दै पत्र बुझ्न नमिल्ने जवाफ एमाले कार्यालय सचिवले दिएका थिए ।

ुहामीले कार्यक्रम गरेको होइन, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले गरेको हो, त्यहिँ कुरा गर्नुहोला भन्दै उहाँहरूले पत्र बुझ्नु भएनु भट्टराईले कान्तिपुरसँग भने ।

सरकारको नेतृत्वमा रहेको दल नेकपा एमालेले शुक्रबार काठमाडौँ उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्गस्थित सडकमा जागरण सभा आयोजना गरेको थियो ।

सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । सभा सकिएलगत्तै काठमाडौँ महानगरपालिकाले जागरण सभाका कारण सार्वजनिक स्थान सडकमा फोहोरमैला भएको र त्यहीकारण प्रदूषण फैलाउन मद्दत पुगेको भन्दै एमालेलाई पत्र पठाउने निर्णय गरेको थियो ।

महानगरपालिकाको नगर प्रहरीका निरीक्षक लिलाराज गाछाद्वारा हस्ताक्षरित एमाले केन्द्रीय कार्यालयलाई सम्बोधन गरेर लेखिएकोमा पत्रमा कानूनबमोजिम एक लाख रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ ।

मंसिर ७ गते काठमाडौँ महानगरपालिका(१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु, महानगर प्रहरीका निरीक्षक गाछाले पत्रमा लेखेका छन् ।

UML did not understand the fine letter of Kathmandu metropolis

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group