काठमाडौं ९ मंसिर । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएपछि गत असारमा उनी प्रतिनिधि सभाको सचिव बनेका थिए ।
तर उनले स्वास्थ्यको कारण देखाउँदै आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबारबाट लागू हुनेगरी राजीनामा बुझाएका छन् ।
स्वास्थ्यको पनि समस्या भयो । अनि मैले पदबाट राजीनामा दिएको हुँु अधिकारीले भने । सचिवबाट अवकास पाएपछि उनी समान पदमै फेरि नियुक्त भएका थिए । नियुक्तिको केही समयपछि देखि नै अधिकारी उक्त पदको काममा रमाएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्