ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


एबीसी न्यूज
९ मंसिर २०८१, आइतबार   ७ : ०४   बजे

काठमाडौं ९ मंसिर । विवादास्पद व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।  आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्ने गरी नक्कली कागजात तथा श्रव्यदृश्य सामग्री उत्पादन गरी सामाजिक सञ्जालमा फैलाएको प्रसाईँमाथि आरोप छ। उनीमाथि विद्युतीय कारोबारसम्बन्धी साइबर क्राइम कसुरमा मुद्दा चलाउने तयारी छ।

सरकारी वकिलको रोहबरमा उनको बयान भइसकेको छ।

प्रसाईँलाई मंसिर ४ गते मंगलबार भक्तपुरस्थित उनकै निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले नियन्त्रणमा लिएर साइबर ब्युरोलाई जिम्मा लगाएको थियो। भोलिपल्ट अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।

प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै विभिन्न कागजात सामाजिक सञ्जालमा फैलाएका थिए।

प्रसाईं फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका हुन्। यसअघि असोज ६ गते पनि साइबर अपराधकै कसुरमा पक्राउ परेका थिए। उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालतबाट उनी १ लाख धरौटीमा छुटेका हुन्।

त्यतिखेर रास्वपाकी एक केन्द्रीय सदस्यको चरित्रहत्या गर्ने किसिमका अभिव्यक्ति दिएर सामाजिक सञ्जालमा फैलाएको उनीमाथिको अभियोग थियो।

यसैबीच, प्रहरीले उनलाई गैरकानुनी थुनामा राखेको भनी प्रसाईँका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवदेनमा सर्वोच्च अदालतले दुई दिनभित्र उपस्थित गराउन आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu