काठमाडौं १० मंसिर । निर्वाचन आयोगले उपचुनावको प्रचारका क्रममा तोकिएकोभन्दा बढी गाडी र ‘लाउड स्पीकर’को प्रयोग भएको भन्दै त्यसलाई रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
आयोगको हिजोको बैठकले निर्वाचन कानुन तथा आचारसंहिता विपरितका कार्य नगर्न तथा नगराउन पुनः सचेत गराएको हो ।
चुनावी प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएकोबाहेक अरु गाडी प्रयोग गर्न वा गराउन नपाउने नियम छ ।
यो नियम विपरित कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिमाना गर्न सक्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्