ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री डा.आरजु राणा जापान नजाने, १३ मंसिरमा चीन जाने तयारी


एबीसी न्यूज
१० मंसिर २०८१, सोमबार   १ : २८   बजे

काठमाडौं १० मंसिर । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा जापान नगई सिधै चीन भ्रमणमा जाने भएकी छन्।  स्वास्थ्य परीक्षणका लागि जापान जाने तयारीमा रहेकी मन्त्री राणा जापान नगई सिधै २८ नोभेम्बर १३ मंसिर मा चीन जाने भएकी हुन्।

यसअघि मन्त्री राणाको आजै जापान प्रस्थान गर्ने कार्यतालिका तय भएको थियो।  ‘उहाँ स्वास्थ्य परीक्षणका लागि जापान जाने कार्यक्रम थियो,’ मन्त्री राणाका प्रेस संयोजक एकराज पाठकले  भने, ‘तर, चिकित्सकको समय उपलब्ध नभएकाले उहाँ त्यसतर्फ नजाने हुनुभयो।’

काठमाडौँबाट आज जापान प्रस्थान गर्ने र त्यहाँबाट १४ मंसिरमा चीन पुग्ने मन्त्री राणाको कार्यक्रम थियो।

बेइजिङ पुगेलगत्तै मन्त्री राणाले चिनियाँ समकक्षी वाङ यीसँग त्यसै दिन द्विपक्षीय भेटवार्ता पनि तय भइसकेको थियो।

पाठकका अनुसार, अब मन्त्री राणाको बेइजिङ प्रस्थान गर्ने कार्यक्रम १३ मंसिरका लागि तय भएको छ।

‘द्विपक्षीय भ्रमणका लागि उहाँ १३ मंसिरमा बेइजिङ प्रस्थान गर्नुहुनेछ,’ पाठकले भने, ‘१४ मंसिरमा चिनियाँ विदेशमन्त्री वाङसँग हुने भेटवार्ताको कार्यक्रम यथावत् छ।’

यसअघि निर्धारित मितिभन्दा एक दिनअघि बेइजिङ पुग्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमणमा मन्त्री राणा उतैबाट सामेल हुने वा काठमाडौँबाट सामेल हुने भन्ने टुङ्गो अझै लागेको छैन।

चीनले प्रधानमन्त्री ओलीको भ्रमणका लागि १७–२१ मंसिरको मिति प्रस्ताव गरेको छ।

सुरुवातमा प्रस्तावित मितिमा केही हेरफेर गर्ने पक्षमा रहे पनि पछिल्लो समय प्रधानमन्त्री ओली सोही मितिमै चीन जाने तयारीमा छन्।

यसैअनुरुप नेपाल र चीन दुवै मुलुकले भ्रमणको तयारी सुरु गरेका छन्। यद्यपि, भ्रमणको औपचारिक मिति घोषणा भने अझै भएको छैन।

त्यही कारण मन्त्री डा। राणा उतैबाट भ्रमण दलमा सामेल हुने वा फेरि काठमाडौँ फर्केर जाने भन्ने तय नभएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu