काठमाडौं १० मंसिर । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा भएका सहमति र समझदारी कार्यान्वयनको बाटोमा लैजान सकेमात्रै चीन भ्रमण सफल हुने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण जानुअघि सोमबार पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग सिंहदरबारमा छलफल गरेका थिए। उक्त छलफलमा उनले त्यस्तो सुझाव दिएको प्रचण्डको सचिवालयले जानकारी दियो।
‘नेपाल–चीन सम्बन्धमा मेरो कार्यकाल र मेरो भ्रमणमा जुन विश्वासको वातावरण निमार्ण भएको थियो र जुन समझदारी बनेका थिए, त्यसको सही कार्यान्वयनको बाटोमा जान सकेमा तपाईंको भ्रमण सफल मान्न सकिएला,’ प्रचण्डले भनेका थिए।
प्रतिक्रिया दिनुहोस्