ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा


एबीसी न्यूज
११ मंसिर २०८१, मंगलबार   ११ : ३९   बजे

काठमाडौं ११ मंसिर । विमान कम्पनीहरुले रामेछाप–काठमाण्डौ उडान बन्द गर्दा टिकट काटेका यात्रु अलपत्र परेका छन् ।

निजी विमान कम्पनीहरुले रामेछापबाट काठमाण्डौ र काठमाण्डौबाट रामेछापको लागि नागरिक उड्डयन मन्त्रालयले उडान तालिका नै नराखेको भन्दै दुई हप्तादेखि उडान सेवा बन्द गरेका हुन् ।

दुई हप्ता अघिसम्म तारा एअर, सीता एअर र समिट एअर गरी तीन वटा हवाई कम्पनीले दैनिक एक एक वटा उडान भर्दै आएका थिए । गएको असोजको बाढीले बीपी राजमार्ग क्षतविक्षत बनाएर काठमाण्डौबाट रामेछापसम्मको सम्पर्क टुटेपछि र निजी विमान कम्पनीहरुले दैनिक उडान भर्दा निकै सहज भएको थियो ।

तर, अहिले उडान बन्द भएपछि रामेछापका बिरामी र यात्रुहरु बीपी राजमार्ग हुँदै घण्टौँ लगाएर काठमाण्डौ पुग्न बाध्य छन् । जिल्लामै विमानस्थल हुँदा पनि नागरिकहरुले सेवा नपाउनु दःखद् भएको मन्थली नगरपालिका–१ का नारायणदास श्रेष्ठले गुनासो गर्नुभएको छ ।

रामेछाप–काठमाण्डौ नियमित उडान भइरहेको समयमा जहाजको टिकट काटिसकेका नागरिहरु अहिले विमानको उडान सेवा बन्द हुँदा मारमा परेका छन् । रामेछाप विमानस्थलवाट सोलुखुम्बुको लुक्लाको लागि अहिले दैनिक ४० भन्दा वटा भन्दा धेरै उडान हुँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group