ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजारले २७ सय नाघ्यो, बढ्यो कारोबार


एबीसी न्यूज
११ मंसिर २०८१, मंगलबार   ३ : ४८   बजे

काठमाडौं ११ मंसिर । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ ।

मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३।४१ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो ।

२११ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १।२०, विकास बैंक ०।४९, फाइनान्स १।५१, होटल तथा पर्यटन ०।६४, हाइड्रोपावर १।९७, लगानी १।१३, जीवन बीमा १।०२, उत्पादन १।०८, माइक्रोफाइनान्स ०।८५, निर्जीवन बीमा ०।८१, अन्य १।६८ र व्यापार समूह १।२९ प्रतिशत बढे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मर्दी हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको ९।६, अपरहेवाखोलाको ८।८ तथा मायाखोला हाइड्रोपावरको ८।६ प्रतिशत मूल्य बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको कर्णाली विकास बैंकको मूल्य ८।४ प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ८।१, बेस्ट फाइनान्स ६।१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कर्णाली विकास बैंक र जानाकी फाइनान्स क्रमशः अगाडि रहे ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group