काठमाडौं १२ मंसिर । बुधबार सेयर बजार परिसूचक नेप्से ३८।८१ अंकले बढेको छ । उच्च अंकले बजार बढेपछि परिसूचक २७५५।४७ बिन्दुमा उक्लिएको हो । बुधबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
बुधबार १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । बिशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक लगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
बुधबार कुल १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ ।
प्रतिक्रिया दिनुहोस्