काठमाडौं १२ मंसिर । शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवा निवृत्त हुनुभएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उहाँलाई बिदाइ गर्नुभएको हो । २००५२ सालमा सेवाप्रवेश गर्नुभएका गेलाल ५८ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुनुभएको छ ।
उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहले सचिव गेलालसँगको छोटो अवधिको सहकार्य भए पनि स्मरणीय रहेको बताउनुभयो । उहाँले गेलालको व्यावसायिक क्षमताको प्रशंसा गर्दै निवृत्त जीवन राम्रो होस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । गेलालले सरकारी सेवामा २९ वर्ष ५ महिना बिताएको र सो अवधि आफ्ना लागि स्मरणीय रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्