ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँगको द्विपक्षीय मामिलामा अन्य राष्ट्रले चासो लिनु अनुचित – प्रदीप ज्ञवली


एबीसी न्यूज
१२ मंसिर २०८१, बुधबार   ७ : ३०   बजे

काठमाडौं १२ मंसिर । नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको कार्यान्वयन ढाँचाबारे सत्तारुढ दल कांग्रेस र एमालेबीच नै फरक धारणा आइरहेका बेला उनले त्यसलाई गिजोल्ने गरी विवादमा तान्न नहुने बताएका हुन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उपमहासचिव ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको टिप्पणी गरे।

उनले नेपालले कुनै पनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पारे।

उपमहासचिव ज्ञवालीले भने, ‘हामीले लिने नीतिहरूले अरू छिमेकी वा अन्य देशको आधारभूत हितलाई चुनौती खडा नगरुन्जेल अरूले चासो राख्नु उचित पनि होइन। र, चासो राख्नुभयो भने सरी यो हाम्रो द्विपक्षीय मामिला हो है, तपाईंहरूले नेपाललाई विश्वास गर्नुस्, हामीले हाम्रा भूमि तपाईंहरूका विरुद्ध प्रयोग हुन दिँदैनौँ, हाम्रा कुनै पनि पोलिसीले तपाईंहरूलाई अफ्ठ्यारो पर्न दिँदैनौँ। हामी कुनै गठबन्धनमा जोडिएर तपाईंहरूको हितलाई प्रतिकूल प्रभाव पार्दैनौँ। हामी हाम्रो राष्ट्रिय हितलाई ध्यानमा राखेर अगाडि बढ्ने हो। यसमा कृपया हामीलाई विश्वास गर्नुहोस्, हामीलाई डिल गर्न दिनूस् भनेर नै जानुपर्ने हुन्छ।’

आन्तरिक मामिलामा विवादित हुने र आफै गिजोल्दै जाने हो भने अरूहरूको सरोकार त्यति नै बढ्दै जाने चिन्ता पनि उनले व्यक्त गरे।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu