ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज चुनावी प्रचारको अन्तिम दिन, कीर्तिपुरमा शीर्ष नेताहरूले सम्बोधन गर्दै


एबीसी न्यूज
१३ मंसिर २०८१, बिहिबार   १ : ५८   बजे

काठमाडौं १३ मंसिर । चुनावी प्रचारको अन्तिम दिन विभिन्न दलका शीर्ष नेताहरूले कीर्तिपुरमा सम्बोधन गर्ने भएका छन् । १६ मंसिरमा हुने उपनिर्वाचनमा चुनावी प्रचारका क्रममा नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कीर्तिपुरमा चुनावी भाषण गर्नेछन् । कांग्रेसले दिउँसो साढे २ बजे कीर्तिपुरस्थित लोकतान्त्रिक चोकमा गर्ने खुलासभामा महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ३ बजे कीर्तिपुरस्थित नगाउँ दोबोटोमा हुने सभामा सम्बोधन गर्दैछन् ।

नेकपा एमालेले भने पाँगामा चुनावी सभा गर्दैछ । उक्त सभालाई महासचिव पोखरेल र बागमतीका इन्चार्ज राजन भट्टराईले दिउँसो ३ बजे सम्बोधन गर्नेछन् ।

कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन उम्मेदवार छन् । दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादीका उम्मेवारलाई र स्वतन्त्र उठेको नरेश श्रेष्ठले राजमान मानवलाई समर्थन गरेका छन् ।

स्वतन्त्र उम्मेदवार राजमानको पक्षमा धरानका मेयर हर्क साम्पाङले चुनावी सभामा सम्बोधन गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

सम्बन्धित

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu