ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेइजिङमा ओलीको तीन शीर्ष नेतासँग भेट, तीन कार्यक्रममा सहभागिता तय


एबीसी न्यूज
१३ मंसिर २०८१, बिहिबार   ५ : ५३   बजे

काठमाडौं १३ मंसिर । चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन तीन शीर्ष चिनियाँ नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् भने तेस्रो दिन तीनवटा कार्यक्रममा सहभागी बन्ने भएका छन्।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले १७–२० मंसिरमा चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन्। जाने–आउने दुई दिनबाहेक बाँकी दुई दिन उनी बेइजिङमा भेटवार्ता लगायतका कार्यक्रममा व्यस्त रहनेछन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सभापति झाओ लेजीसँग भेटवार्ता गर्ने तय भएको छ।

दोस्रो दिन उच्चस्तरीय भेटवार्तामा सहभागी हुने प्रधानमन्त्री ओलीले तेस्रो दिन नेपाल उद्योग वाणिज्य महासंघले बेइजिङमा आयोजना गर्ने नेपाल इन्भेष्टमेन्ट फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसबाहेक उनी पेकिङ युनिभर्सिटीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। विश्वविद्यालयमा आयोजना गरिने कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

ओलीले बेइजिङस्थित गरिवी निवारण सम्बन्धी योजनाको अवलोकन भ्रमण पनि गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

सम्बन्धित

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu