ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीलाई माओवादीको सुझाव, कांग्रेसले तपाईंलाई अहिले दबाबमा राख्न र तर्साउन खोजेको छ, धेरै नतर्सिनुहोस


एबीसी न्यूज
१४ मंसिर २०८१, शुक्रबार   ५ : ३३   बजे

काठमाडौं १४ मंसिर ।   नेकपा माओवादी केन्द्र का सचिव राम कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतविरोधी या अर्कोविरोधी भनेर देखाउनसक्ने स्थिति नै नभएको टिप्पणी गरेका छन् । उनले ओलीमाथि नेपाललाई नोक्शानमा पारेर भारतलाई रिझाएको आरोप लगाए ।

प्राईम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका छन् । उनले भारत, चीन र अमेरिका शक्तिशाली रहेको र आफ्नो छिमेकीहरु शक्तिशाली भएकोमा खुशी नै रहेको प्रतिक्रिया दिए । उनले भने,‘यी शक्तिशाली राष्ट्रहरुले आफ्नो हित पहिले चाहन्छन् । त्यसैले हामीले चीन महान, भारत महान भनिरहनुपर्दैन् । नेपाल महान बन्नुपर्यो र भन्नुपर्यो । नेपालको हितमा त्यसलाई कम्प्लिेमेन्ट गर्ने नीतिहरु बनाउनुपर्यो । जहाँसम्म तपाईंको प्रश्न छ, हामीले ओलीलाई भारतविरोधी या उ विरोधी भनेर देखाउनसक्ने स्थिति नै छैन् । उनीसित त महाकाली सन्धीको सर्टिफिकेट छ । सर्टिफिकेट प्राप्त कांग्रेस र एमालेलाई हामीले भारतविरोधी पनि देखाउन सक्दैनौं । चीनविरोधी पनि बनाउन सक्दैनौं । नेपाललाई नोक्शानमा पारेर जसले रिझाएका छन्, त्यो सर्टिफिकेटको कुरा हो ।’ उनले चीन भ्रमणको सन्दर्भमा कांग्रेसले दबाबमा राख्न र तर्साउन खोजेको भन्दै धेरै नतर्सिनको लागि प्रधानमन्त्री ओलाई सल्लाह दिए । उनले भने,‘त्यस्तो प्रधानमन्त्री के प्रधानमन्त्री रु सधैं दबाबमा रहने

सो क्रममा उनले बीआरआईमा साझा धारणा बनाउनको लागि कांग्रेस–एमालेले बनाएको कार्यदलमा गगन थापालाई राखिएको विषयमा पनि टिप्पणी गरे । उनले भने,‘त्यो विचरा, अहिले मैले सुनिरहेको थिएँ, अलि–अलि गगन थापाको क्रेडिविलिटी थियो, त्यसलाई सिध्याईदिनको लागि त्यो गगनलाई कमिटीमा राखिदिएछन् क्या । त्यसैले कसैको दबाबमा नपरिकन नेपालको हितमा, जो हिजो हामीले घोषणा गरिसकेका छौं । समझदारी भैसकेको छ । त्यसलाई कार्यान्वयन गराउन व्यवहारिक रुपमै एउटा टाईम–फ्रेम नै बनाएर त्यो बनाउनुपर्यो । दोस्रो कुरा, हाम्रो हितलाई हेर्नुपर्यो । पहिला हाम्रो हित भनेको हतारहतारमा कमिशन र को नि के को चक्करमा एयरपोर्ट बनाउने, को नि के बनाउने रु त्यस्तो होईन । हामीले अहिलेपनि शिक्षा, स्वास्थ्यका पूर्वाधारहरु बनाउने, र ती कुरालाई विकसित गर्ने । नेपाली जनता विकसित भयो भने संसारमा कसैले रोक्न सक्दैन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा यसअघि भएका समझदारी कार्यान्वयनमा जोड दिईनुपर्ने उनको सुझाव थियो । उनले भने,‘यसअघि भएका सहमति कार्यान्वयन गराउने हो, थप चीनले सदासयातापूर्वक हामीलाई सहयोग गरोस । जस्तो त्यो ऋण भनेर पैसा माग्ने अनि पछि त्यसलाई अनुदान बनाईदे भन्ने होईन । त्यो त उसको गुडविलको कुरा हो ।’

मेकीलाई गरिव राखेर चीन र भारत एकदमै विकसित भएको पनि नसुहाउने उल्लेख गर्दै भारत र चीनले विश्व राजनीतिमा खोजिरहेको भूमिकामा नेपालले भने सहयोग गर्ने कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu