ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन्छ – प्रधानमन्त्री


एबीसी न्यूज
१४ मंसिर २०८१, शुक्रबार   ५ : ५२   बजे

काठमाडौं १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन सक्ने बताएका छन् । शान्ति, करुणा र मित्रताबाट मानवजातिको कल्याण हुने बताउँदै उनले त्यसैबाट पनि समृद्धि हासिल हुने बताए ।

लुम्बिनी बौद्ध विश्व विद्यालयको २०औं वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिको कल्याण विश्व शान्तिबाट मात्रै हुने बताए । यसैका आधारमा आफूहरूले समृद्ध नेपाल सुखी नेपालीको नारा तय गरेको समेत ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विश्वभरका बौद्ध धर्मावलम्बी र शान्तिप्रेमीहरूको आस्थाको केन्द्रको रूपमा लुम्बिनीलाई विकास गरिने बताए । लुम्बिनीमा मानव जाति मात्रै नभई सबै प्राणीहरू समेत रमाउन सक्ने सुन्दर बगैंचा बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले आफू प्रधानमन्त्री भएको बेला बुद्धजयन्तीको बेला हिलोमा टेकेर कार्यक्रम गर्नुपरेको स्मरण गर्दै त्यही बेला अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्रको निर्माण गरिएको बताए ।

‘५ हजार मानिस एकैचोटी बस्न मिल्ने गरी सभाहल बनाइएको छ,’ उनले भने, ‘लुम्बिनीलाई मानिसको मात्रै होइन, चराचुरुङ्‍गी किराफट्याङ्ग्राले पनि सम्झिउन् भन्ने ढंगले विकास गर्ने योजना बनाएका छौं ।’

प्रधानमन्त्री ओलीले लुम्बिनी विश्व विद्यालयले बौद्ध दर्शन, शान्ति र विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षाका लागि काम गर्ने समेत बताए ।

कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बौद्व विश्वविद्यालयले बौद्ध दर्शनसँगै विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा गर्नुपर्नेमा जोड दिइन ।

उनले विश्वविद्लायले सक्षमतामा आधारित पाठ्यक्रम लागु गर्न, गुम्बा शिक्षा, बज्रयान, महायान तथा पाली भाषाको समेत अध्ययन अध्यापनमा काम गर्नुपर्ने बताइन । उनले दीक्षित विद्यार्थीलाई राष्ट्र हितमा प्रयोग गर्न अनुरोध गरिन् ।

विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक गरेका २८९ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो ।

विश्वविद्यालयले बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएकी भिक्षुणी धम्मावती ९गणेशकुमारी शाक्य ० लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

उपाधि प्राप्त गरेकी भिक्षुणी धम्मावतीले आफू १२ वर्षदेखि बुद्ध दर्शनका लागेको बताउँदै मानार्थ विद्यावारिधिको उपाधि दिएकोमा खुशी व्यक्त गरिन् ।

विश्वविद्यालयका उपकुलपती सुवर्णलाल बज्रचार्यले २०औं वर्षमा प्रवेश गरेको अवसरमा गरिएको दीक्षन्त समरोहलाई विशेष बनाउन सहभागी सबैप्रति आभार प्रकट गरे ।

दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १५ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu