ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा दुई हजारभन्दा बढी मत खस्यो


एबीसी न्यूज
१६ मंसिर २०८१, आइतबार   २ : ०२   बजे

काठमाडौं १६ मंसिर । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भइरहेको उपाअध्यक्षको उपनिर्वाचनमा हालसम्म दुई हजारभन्दा बढी मत खसेको छ ।

यहाँका नौ वटा मतदानस्थलमा आइतबार बिहान ७ बजेदेखि मतदान जारी छ । यो समाचार तयार पार्दासम्म दुई हजार ४६७ मत खसेको हो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गतबहादुर महतले अहिलेसम्म यहाँ ३३ प्रतिशत मात्र मत खसेको बताउनुभयो ।

भगवती आवि एक फुयालगाउँ केन्द्रमा क र ख विन्दासैनी आविमा दुई रुडिमा क र ख साविकको जुकोटमा ३ मा क र ख स्वामिकार्तिक मावि ४ मा क र ख भैरवनाथ मावि जेरामा ५ क गरी नौ वटा मतदानस्थल छन् ।

यी सबै मतदानस्थलमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । सात हजार चार सय साठी मतदाता छन् ।

उहाँले यस स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं एकमा एक हजार सात सय २६, वडा नं २ मा एक हजार ३३८, वडा नं ३ मा दुई हजार ७३, वडा नं ४ मा एक हजार ४१५, वडा नं ५ मा नौ सय आठ गरी सात हजार ४६० मतदाता रहेको जानकारी दिनुभयो ।

सबैभन्दा बढी जुकोट मतदानस्थलमा मत खसेको छ । यहाँ तीन सयभन्दा बढी मत खसिसकेको प्रमुख महतले बताउनभुयो ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

जसमा नेकपा ९एमाले०बाट सुलोचना बुढा, नेपाली कांग्रेसबाट पुल्लीसरा शाही, नेकपा ९ एकीकृत समावादी०बाट जवा शाही प्रतिस्पर्धामा हुनुहुन्छ ।

२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएकी उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० साल माघ ४ गते निधन भएपछि स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद खाली भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu