ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नोभेम्बरमा एक लाख १४ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए, पोहोरभन्दा साढे ५ प्रतिशत धेरै


एबीसी न्यूज
१६ मंसिर २०८१, आइतबार   २ : १९   बजे

काठमाडौं १६ मंसिर ।   हिजो सकिएको नोभेम्बर महिनामा नेपालमा एक लाख १४ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक जना पर्यटक भित्रिएका छन् । यो अघिल्लो वर्षको भन्दा पाँच दशमलव चार प्रतिशत अर्थात् झन्डै ६ हजार जनाले धेरै हो ।

नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १९ हजार नौ सय सय १५ जना पर्यटक आएका छन् । गएको वर्षको नोभेम्बरमा भन्दा यो वर्ष भारतबाट आउने पर्यटकको सङ्ख्या साढे १८ प्रतिशतले कमी हो । नेपालमा बारम्बार भइरहेका गाडी दुर्घटनाको असर भारतबाट आउने पर्यटकको सङ्ख्याले देखाएको बोर्डले जनाएको छ ।

समग्रमा दक्षिण एशियाबाट एकै महिनामा ३१ हजार एक सय ६७ जना पर्यटक आएका छन् । यस्तै चीनबाट नौ हजार चार सय ५८ सहित एशियाका देशबाट २४ हजार आठ सय ९७ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

यस्तै युरोपमध्ये सबैभन्दा धेरै बेलायतबाट ६ हजार ६ सय ११, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ जना पर्यटक आएका छन् । युरोपबाट समग्रमा २६ हजार एक सय ५५ जना पर्यटक नोभेम्बर महिनामा नेपाल आएका छन् । पोहोरको नोभेम्बरको तुलनामा यो वर्षको नोभेम्बरमा युरोपबाट नेपाल आउने पर्यटक १५ दशमलव प्रतिशतले बढेका छन् ।

न्युजिल्यान्ड र अस्ट्रेलियाबाट पाँच हजार तीन सय जना आएका छन् । यस्तै अमेरिकाबाट झन्डै ११ हजार र क्यानडाबाट एक हजार नौ सय ८४ जना पर्यटक आएका छन् । मध्यपूर्वका देशबाट १४ सय र अरू देशबाट १२ हजार पाँच सय जना पर्यटक आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu